Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ


काठमाडौं, ४ फागुन । अवैध रूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई प्रहरीले पक्राउ गरेको छ ।

बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेकी उनलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा पक्राउ गरिएको हो ।

जाँचका क्रममा उनको झोलाबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रूपैयाँ, १०० मलेसियन रिंगेट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १२२ थान फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । रासस


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट