Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

घोराही–रोल्पा खण्डको सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गर्यो : वर्षमान पुन


काठमाडौं, ४ फागुन । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले शहीद मार्ग घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन्।

प्रतिनिधिसभा बैठकमा आइतबार शून्य समयमा बोल्दै पुनले उक्त सडक खण्डका लागि छुट्याइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताए। पुनले सिमेन्ट उद्योगका टिपरका कारण सडकको अवस्था बिग्रिँदा दाङ, रोल्पा र रूकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको बताए।

‘चालु आर्थिक वर्ष ०८१/०८२ मा शहीद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि १ अर्ब २५ करोड रुपैयाँ रकमको व्यवस्था गरिएको थियो। हालै नयाँ सरकार गठन भएपछि सो रकमबाट ६८ करोड रकमान्तर गरिएको छ। सो खण्डको तुरून्त ठेक्का लगाउन सरकारको ध्यानकर्षण गराउँछु,’ पुनले भने, ‘त्यसैगरी दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको छ। सिमेन्ट कारखानाले सञ्चालन गरेका टिपरका कारण बाटो बिग्रिएको छ।’

सडकको अवस्था बिग्रिएको विषयमा सरकारको ध्यान किन नगएको भन्दै सरकारको ध्यानाकर्षण गराए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट