Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

डीआईजी कृष्णहरि शर्माको प्रमुख आतिथ्यमा बागमती प्रदेश प्रहरी तालिम केन्द्रको ४९औं स्थापना दिवस सम्पन्न


बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको ४९ औं स्थापना दिवसको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णहरि शर्माको प्रमुख आतिथ्यमा पानसमा दीप प्रज्ज्वलन गरी विधिवत रुपमा कार्यक्रमको उद्घाटन भएको थियो ।

साथै तालिम केन्द्र परिसरभित्र नव-निर्मित Time Park को उद्घाटन गरेको उक्त कार्यक्रममा केन्द्रबाट प्रकाशित प्रहरी जवान आधारभूत तालिम सहयोगी पुस्तिका विमोचन समेत गरेका थिए ।

वार्षिक उत्सवको अवसरमा तालिम केन्द्र र दुधौली नगरपालिका,  सिन्धुलीको सहकार्यमा संचालित नगरस्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालय तथा सहभागी विध्यार्थीहरुलाई प्रशंसापत्र तथा नगद पुरस्कार, सहभागी विद्यालयहरुलाई प्रशंसापत्र, यस केन्द्रभित्र निर्माण भएको Time Park मा निर्माण सामग्री उपलव्ध गराउनेहरुलाई कदरपत्र, उत्कृष्ट कार्य गर्ने यस केन्द्रका प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गर्नुका साथै यस केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु, प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन दिइएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट