Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

पार्किङमै मोटरसाइकल चोर्ने व्यक्ति पक्राउ


काठमाडौं । काठमाडौंमा पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्बर ९ घर भएका २८ वर्षीय सुरज गुरुङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गएको माघ ११ गते राति काठमाण्डौ महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटीमा एक होटल अगाडी पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको थियो । त्यो मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी अर्को नम्बर प्लेट राखेर चलाउँदै गरेको अवस्थामा गुरुङलाई काठमाडौं महानगरपालिका–१७ नयाँ बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट