Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

पहाडका एक/दुई ठाउँमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना


काठमाडौं । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना छ । अहिले विशेषगरी पश्चिमी क्षेत्र लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा पूर्व कोशीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ ।

काठमाडौं उपत्यका र तराई क्षेत्रमा आज बिहान हुस्सु लागेको छ । काठमाडौंमा दिउँसोसम्म नै बादल लाग्ने सम्भावना छ ।

तीन दिनको मौसम पूर्वानुमान अनुसार पर्सि बिहीवार मौसममा बदलीसँगै कतै कतै छिटपुट वर्षाको सम्भावना देखिएको मौसमविद् रोजन लामिछानेले बताए ।यद्यपी ठूलो पानी पर्ने सम्भावना देखिएको छैन ।

उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि प्रदूषण बढ्न थालेको छ ।

काठमाडौं , धनगढी, हैटौँडा, पोखरा, नेपालगञ्ज लगायतका ठाउँमा प्रदूषण धेरै छ । विश्वभरको वायु गुणस्तर मापन गर्ने यूएस आईक्यूएअरका अनुसार यी ठाउँको प्रदूषण एक सय भन्दामाथि छ ।

५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकाङ्क कटेमा वायु अस्वस्थ मानिन्छ । मौसमविद्का अनुसार पानी नपरेसम्म वा ठूलो हुरी नचलेसम्म वायू प्रदूषण कम हुँदैन । तर प्रदूषण हटाउने गरी पानी पर्ने सम्भावना कम देखिएको मौसमविदको भनाइ छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै मौसमविद् तथा डाक्टरहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

नेपालमा उद्योग कलकारखाना र गाडीबाट निस्कने धूवाँ, वन डढेलो, खुला रूपमा गरिने फोहोर तथा कृषिजन्य अवशेष जलाउने चलन, घरवाट निस्कने धूवाँ, सडक र निर्माण कामबाट उड्ने धुलोलगायतका कारण प्रदूषण बढ्ने गर्छ ।

प्रदूषणले फोक्सो, आँखा, छाला, छाती, मुटु लगायत विभिन्न अङ्ग तथा समग्र मानव स्वास्थ्यमा असर गर्ने भएकाले सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको प्रयोग गर्न डाक्टरहरुको सुझाव छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट