Techie IT
Samayabaddha
मंगलबार, १३ असोज, २०८३

सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढ्यो


काठमाडौँ, ६ फागुन । अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु. ७०० ले वृद्धि भएको छ ।

मङ्गलबार प्रतितोला सुन रु. एक लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु. एक लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु. एक हजार ९७० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट