Techie IT
Samayabaddha
बिहीबार, १ जेठ, २०८२

‘हामी सत्तापक्षमा छौं तर सरकारमा छैनौँ’


काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी सत्ता पक्षमा भए पनि सरकारमा नरहेको टिप्णी गरेका छन् । नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षहरूको भेलालाई मंगलबार सम्बोधन गर्दै कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।

‘सत्तापक्षमा छौं तर सरकारमा छैनौँ हामी । हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ,ु कोइरालाले भने । सरकारको कामकारबाही जे कुरामा चित्त बुझ्दैन त्यसमा खबरदारी गर्नुपर्ने उनले बताए ।

उनले अहिलेको सरकार एमालेकरण भइरहेको त छैन भन्ने चिन्ता लागेको पनि सुनाए । संयन्त्रले सरकार चलाउने कम्युनिस्टहरूमा मात्रै लागू हुने उल्लेख गर्दै कोइरालाले अहिले केन्द्रदेखि पालिकासम्म त्यस्तै अवस्था रहेको बताए ।

उनले सामाजिक सञ्जाल विधेयकमाथि पनि प्रश्न उठाए । नियमनका नाममा अभिव्यक्ति स्वन्त्रतालाई नियन्त्रण गर्न नपाइने उनको भनाइ छ ।

राजनीतिक स्थायीत्वका लागि यो गठबन्धन बनाउन आफूहरूले पहल गरे पनि सरकारले संसदलाई छलेर अध्यादेश ल्याउने जमर्को गरिरहँदा लोकतन्त्र अफ्ठेरोमा परिरहेको बताए । ‘अध्यादेश राम्रो छ की छैन, कस्तो छ भन्ने कुरा पछिको कुरा हो । संसद बोलाउनु ६ दिन पहिला अध्यादेश ल्याइन्छ । के कारणले ल्याएको, किन अर्जेन्सी परेको हो भन्ने कुरामा सरकारले जबाफ दिनुपर्छ,’ उनले भने ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट