Techie IT
Samayabaddha
शुक्रबार, १९ असार, २०८३

पाेखराका मेयर आचार्य अस्पतालबाट ‘डिस्चार्ज’


काठमाडौं । पोखरा भ्रमण वर्षको घोषणा समारोहमा आगोमा बेलुन पड्किँदा घाइते हुनुभएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गएको शनिवार पोखरामा आयोजित कार्यक्रममा बेलुन पड्किँदा मेयर आचार्य र उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए । घाइते दुवै जनाको काठमाडौंमा रहेको कीर्तिपुर बर्न अस्पतालमा उपचार भएको थियो ।

‘पोखरा भ्रमण वर्षको औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेल ज्यू र म दुर्घटनावश (जलनका कारण) कीर्तिपुर अस्पताल, काठमाडौंमा भर्ना भएर उपचाररत थियौं। माननीय मन्त्रीज्यू तीन दिनअघि नै डिस्चार्ज हुनुभएको थियो। म आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएको छु। उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति हृदयदेखि आभार व्यक्त गर्दछु,’ मेयर आचार्यले भनेका छन्।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट