दक्षिणकाली वन क्षेत्रमा डढेलो फैलियाे
काठमाडौं । काठमाडौंको दक्षिणकाली वन क्षेत्रमा डढेलो फैलिएको छ । हिजो बेलुका ५ बजेदेखि डढेलो लागेको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले बताए ।
उनका अनुसार डढेलो निभाउने प्रयास गरिए पनि पूर्णरूपमा निभाउन सकिएको छैन । नगरपालिकाको वडा नम्बर ४, ३ र १ को जङ्गल क्षेत्रमा डढेलो फैलिएको तथा यसले ३० हेक्टरभन्दा बढी वन क्षेत्र जलिसकेको उनले बताए ।
अहिले नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन् । सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना टरेको मेयर बस्नेतको भनाइ छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया