माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्न लागेको छ ।
आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पछिल्ला घटनाक्रमबारे माओवादी केन्द्रले आफ्नो धारणा सार्वजनिक गर्न लागेको पार्टी कार्यालय स्रोतले बताएको छ ।
नेकपा माओवादी केन्द्रले आगामी १२ फागुनदेखि हुलाकी राजमार्ग केन्द्रित अभियान सुरु गर्ने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले झापाको केचनकवलबाट अभियान सुरु गर्ने निर्णय गरेको थियो ।
२१ देखि २३ पुससम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले हुलाकी राजमार्गकेन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।
आज गर्न लागिएको पत्रकार सम्मेलनमा पनि अभियानकोको औपचारिक जानकारी हुनसक्छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया