Techie IT
Samayabaddha
आईतबार, ६ वैशाख, २०८३

चीनको जातीय मामिला मन्त्री काठमाडौंमा


काठमाडौं, ११ फागुन । चीनको जातीय मामिला मन्त्री पान यूए नेपाल आइपुगेका छन्। उनी श्रीलंकाको कोलम्बोहुँदै केहीबेरअघि नेपाल आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोगका उच्च अधिकारीहरूले स्वागत गरेका छन्।

आदिवासी जनजाति आयोगको निमन्त्रणमा उनी नेपाल आएका हुन्। मन्त्री पान चिनियाँ राष्ट्रपति सिजिङ पिङ नेतृत्वको मन्त्रिमण्डलका एक सदस्य हुन्। उनी चार दिनसम्म नेपाल रहनेछन्।

सन् २०२४ को सेम्टेम्बरमा आयोगका अध्यक्ष रामबहादुर थापा मगर चीन भ्रमणका क्रममा बेइजिङ पुगेका थिए। बेइजिङमा रहँदा मन्त्री पानले अध्यक्ष थापासँग भेटवार्ता गरेका थिए। सोही भेटका क्रममा अध्यक्ष थापाले मन्त्री पानलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका थिए।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट