Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

आज नेपाली सेनाको २६२ औँ स्थापना दिवस टुँडिखेलमा भव्य रुपमा मनाइयो


काठमाडौं । नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६२औँ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएको छ । सेनाले परेड, कवाज, हेलिकोप्टरबाट पुष्पवृष्टि, विभिन्न सैन्य कौशल प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा विविध गतिविधिहरू प्रस्तुत गरेको थियो।

राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । त्यस्तै सेना दिवसको कार्यक्रममा प्रधानमन्त्री, प्रधानसेनापति लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

नेपाली सेनाको स्थापना करीब दुई शताब्दीभन्दा अघि भएको थियो। यस संस्थाले नेपालको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय सुरक्षाको संरक्षण गर्दै आएको छ। सन् १७६२ मा तत्कालीन शाह वंशीय राजा पृथ्वीनारायण शाहको पालादेखि नेपाली सेनाले संगठित रूपमा काम गर्न थालेको मानिन्छ। वि.सं. १८१९ मा गोरखाली सेनाले काठमाडौँ उपत्यका विजय गरेपछि नेपाल एकीकरणको अभियान तीव्र भएको थियो।

नेपाली सेनाले अंग्रेज–नेपाल युद्ध ९१८१४–१८१६० मा गौरवपूर्ण इतिहास रचेको छ । प्रजातन्त्र स्थापनापछि आन्तरिक सुरक्षामा सेनाको भूमिका महत्वपूर्ण रहँदै आएको छ।

राष्ट्रको सुरक्षामा समर्पित नेपाली सेनाले निरन्तर सेवाभावका साथ कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाली सेनाको यस योगदानको सम्मान गर्दै यो दिवस प्रत्येक वर्ष उल्लासमय रूपमा मनाइन्छ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भरपर्दाे र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट