Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


सुनसरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनापछि आक्रोशित आफन्त तथा स्थानीयवासीले पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरेपछि घटनास्थल पुग्नुभएका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाका बारेमा छानबिन गरी यथार्थ विषय सार्वजनिक गरिने बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट