Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

माओवादी केन्द्रले महाधिवेशनबाट नाम फेरेको अवस्थामा एक साताभित्रै पार्टी एकता हुन्छ : महेन्द्र राय यादव


विराटनगर, १५ फागुन । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महेन्द्र राय यादवले नेकपा (माओवादी केन्द्र)ले नाम नफेरेसम्म पार्टी एकता नहुने बताएका छन्। माओवादी केन्द्रले महाधिवेशनबाट नाम फेरेको अवस्थामा एक साताभित्रै पार्टी एकता हुने उनको दाबी छ।

बिहीबार नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी’ अभियानको क्रममा पत्रकारसँग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन्।

सुनसरीको बर्जुबाट अभियानमा जोडिएको उनले आफू माओवादी केन्द्रको संसदीय दलको सदस्य पनि रहेको बताउँदै गणतन्त्र र मधेस आन्दोलन रक्षाको निम्ति जागरण अभियान सुरु भएकाले यो अभियानमा आफ्नो साथ रहेको बताए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट