Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

विपिन जाेशीकाे अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेन : परराष्ट्रमन्त्री राणा


काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास लडाकु समूहको नियन्त्रणमा रहेका विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छिन् ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा भाग लिई आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणाले कञ्चनपुरका जोशीको यथार्थ जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि भने पहल भइरहेको बताइन् । त्यस्तै उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानव अधिकार परिषद्को सदस्यमा मत दिन आग्रह गरिएको जानकारी दिइन् ।

मन्त्री राणा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएको शनिवार स्विट्जरल्यान्डको जेनेभा पुगेकी छिन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट