Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

मुस्लिम धर्मावलम्बीहरुको रमजान आजबाट शुरु


काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज आइतबारबाट सुरु भएको छ । इस्लाम धर्मको पाँचवटा स्तम्भमध्ये रमजान एक महत्वपूर्ण र पवित्र महिना हो।

आज बिहानै सेहरी लिएर रोजाको सुरुवात भएको छ। यो एक महिनासम्म निरन्तर चलिरहन्छ ।

यो महिना इस्लामी क्यालेन्डरको नवौं महिना हो । रमजानले मुस्लिम धर्मावलम्बीहरूका लागि विशेष आध्यात्मिक महत्व राख्दछ। यस महिना दिनभरि उपवास गर्ने प्रथाले शरीर र आत्माको शुद्धता र धार्मिकता बढाउने विश्वास गरिन्छ। रमजानको महिनामा, मुस्लिमहरू अल्लाहको आंशिक उपासना र समर्पणमा अधिक ध्यान केन्द्रित गर्छन्।

रमजानको महत्त्व इस्लाम धर्मको पवित्र ग्रन्थ क़ुरआनसँग जोडिएको छ । यसलाई इस्लामिक विधान ९शरीयत० अनुसार एक अनिवार्य अनुष्ठानको रूपमा स्वीकारिन्छ।

तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ। पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन्।

रमजानको महिनामा, मुस्लिम धर्मावलम्बीहरू सूर्योदयदेखि सूर्यास्तसम्म कुनै प्रकारको खानेकुरा वा पिउनेकुरा ग्रहण गर्दैनन्। यसलाई ‘उपवास’ भनिन्छ। उपवासको मुख्य उद्देश्य भनेको आत्म-नियन्त्रणको अभ्यास गर्नु हो। उपवास गर्दा केवल भोक र प्यास मात्रै छैन, अपितु मानसिक र आत्मिक शुद्धताको पनि लक्ष्य राखिन्छ । यस कठोर उपवासको माध्ययमबाट आध्यात्मिक उन्नति र अल्लाहको निकटता प्राप्त हुने विश्वास गरिन्छ।

रमजान महिना समर्पण र बलिदानको अवधिको रूपमा पनि बुझिन्छ। यसमा उपवास बस्नेहरूले आफूलाई भोक र प्यासको सहन गर्नै सामर्थ्यको परीक्षा दिन्छन् । जसले गर्दा आत्म–नियन्त्रण र पापहरूबाट बच्नका लागि आवश्यक मानसिक र आध्यात्मिक दृढता बढाउँछ।

सामाजिक प्रभाव र एकता

रमजानको महिनामा उपवासनाका साथै, मुस्लिम समुदायले आपसमा एकता र सहानुभूति पनि प्रकट गर्छन्। उपवासीहरूले एकअर्कासँग मिलेर अफ्तार (खाजा तोड्ने समय) र इफ्तार पार्टीहरू आयोजना गर्ने परम्परा राख्दछन्। यस्ता कार्यक्रमहरूले समुदायको एकता र भाइचारा सम्बन्धलाई मजबुत बनाउँदछ।

रमजानको महिना विशेष गरी गरीब र विपन्न वर्गको हकमा दान दिने परम्परा पनि प्रचलित छ । यसले समाजमा असमानता घटाउन मद्दत गर्नै विश्वास गरिन्छ। यही कारणले गर्दा रमजान महिना मानवता र समाजका हकमा योगदान दिने अवसरको रूपमा पनि मानिन्छ।

रमजानको महिना सम्पन्न भएपछि मुस्लिमहरूले उत्सव मनाउँछन्। यो एक ठूलो खुशीको पर्व हो जसमा मुसलमानहरू परिवार र साथीहरूसँग मिलेर रमाइलो गर्छन्। ईदमा, मुसलमानहरूले विशेष गरी नयाँ कपडा लगाउँछन्, सामूहिक प्रार्थना (ईद नमाज) का लागि मस्जिदमा उपस्थित हुन्छन् र एकअर्कालाई मिठाइयाँ र उपहार दिँदै खुशी साटासाट गर्छन्। यो दिनलाई मुस्लिम समाजले पवित्र र खुशीको दिनको रूपमा मनाउँछन्। रोजा अशक्त, बिरामी र बालबालिका, गर्भवती महिलालाई व्रत अनिवार्य हुँदैन ।

उपवासीहरूले सही आहार र पोषणको ध्यान नदिने हो भने, उनीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। यसकारण, रमजानको महिना सामान्यतया सन्तुलित आहार, नियमित व्यायाम र पर्याप्त निद्राको महत्त्वमा जोड दिन आवश्यक छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट