Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

बैतडीमा खोरभित्र पसेर चितुवाले ६ वटा बाख्रा मार्यो


बैतडी, १९ फागुन । बैतडीमा चितुवाले आक्रमण गरी किसानको ६ वटा बाख्रा मारेको छ । आइतबार राति चितुवाले जिल्लाको पाटन नगरपालिका –२ सिन्टोलका शंकरसिंह महराका ६ वटा बाख्रा मारेको रामसिंह महराले बताए ।

खोरभित्र बसेर चितुवाले ६ वटा बाख्रा मारेको किसान महराले बताए । ५ वटा बाख्रा घरनजिकैको खोलामा मरेको अवस्थामा भेटिएका र एक बाख्रो अझै नभेटेको उनले बताए ।

पाटन –२ रिसेडीलगायतका अन्य टोलमा पनि चितुवाले दिनहुँ चौपाया मारिरहेको भुमिराज आधारभूत विधालयका प्रधानाध्यापक कमलसिंह महराले जानकारी दिए । पाटन –८ कै सल्माडीमा पनि चितुवाले बेला–बेला बाख्रालाई आक्रमण गर्ने गरेको पाटन नगरपालिका –२ का सचिव शंकरदत्त पन्तले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट