Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

सप्तरीको फत्तेपुर बस्तीमा पसेको बाघ १० घण्टापछि थुनियो


काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरको खोरिया टोलमा पसेको बाघ १० घण्टापछि थुनिएको छ । बिहान ६ बजेतिरै बस्तीमा पसेको बाघ दिउँसो ४ बजेतिर स्थानीय भरत विष्टको घरमा पसेपछि बाहिरबाट ढोका लगाएर थुनिएको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणबाट फत्तेपुरका रिझन गोसाईं, गणेश खत्री र कृष्ण विष्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गोसाईं र खत्री स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर घर फर्किएका छन् भने विष्टलाई थप उपचारका लागि धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ ।

बाघ दिनभर बस्तीका घर र गोठहरूमा घुमेको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट