Techie IT
Samayabaddha
सोमबार, १ असार, २०८३

बोरिङ खन्दा निस्किएको ग्यासबारे अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली टीकाथली पुग्यो


ललितपुर, २० फागुन । टीकाथलीमा पानीको लागि खनिएको बोरिङ खन्दा निस्किएको ग्यासबारे अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली पुगेको छ। आज (मंगलबार) बिहान बोरिङको लागि पाइप गाड्दा ग्यास निस्किएर आगो लागेको थियो।

काठमाडौँ उपत्यकाको जमिनमूनि ग्यासहरू रहेकोबारे वर्षौँ पहिलेको अध्ययनले देखाएको खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झाले बताइन्।

‘४० वर्ष वर्षअघिकै अध्ययनले काठमाडौँमूनि ग्यास छ भन्ने त देखाइसकेको छ,’ उनले  भनिन्, ‘यहाँ पनि बोरिङ खन्दा बिहान ग्यास निस्कियो। तर आगो कसरी लाग्यो भन्ने चाहिँ सोधखोजको विषय हो। ग्यास निस्किँदैमा आगो चाहिँ लाग्दैन। पक्कै पनि लगाइएको हुनुपर्छ।’

करिब तीनसय मिटर खनिसकेपछि ग्यास निस्किएको बताइएको छ। आज ‍बिहान ९ : ३० बजे उक्त ग्यासमा आगो लागेको थियो। अहिले आगो नियन्त्रणमा लिइसकिएको छ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट