Techie IT
Samayabaddha
सोमबार, २४ कात्तिक, २०८२

संघीय संसद सचिवालयले गर्यो दुई जना पत्रकारको पास निलम्बन


काठमाडौँ, २१ फागुन । संघीय संसद सचिवालयले दुई जना पत्रकारको पास निलम्बन गरेको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार दुई पत्रकार प्रकाश ओली र किशोर श्रेष्ठको पास निलम्बन गर्ने निर्णय गरेको हो ।

यी दुई जनाले संसद सचिवालयले तय गरेको आचारसंहिता पालना नगरेको पाइएपछि पास निलम्बन गर्ने निर्णय भएको संसद सचिवलयका प्रवक्ता एकराम गिरीले बताए ।

उनीहरुले संसद सचिवालय परिसरमा प्रधानमन्त्रीसहितका असभ्य प्रश्न सोधेको र जसका कारण आचारसंहिता उलंघन भएको सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयले संसदको रिपोर्टिङका लागि छुट्टै पास प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट