Techie IT
Samayabaddha
शनिबार, २८ चैत्र, २०८२

रास्वपा सांसद शिशिर खनालको प्रधानमन्त्रीलाई प्रश्न : के तपाईँ हिटलर हो ?


काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘के तपाईँ हिटलर हो ?’ भनेर प्रतिप्रश्न गरेका छन्। प्रधानमन्त्रीलाई हिटलर हो ? भनेर प्रश्न गरेकै आधारमा दुई पत्रकारको संसद् प्रवेश पास खारेज गरिएको सन्दर्भमा उनले संसद्‌बाटै उक्त प्रतिप्रश्न गरेका हुन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले संसद् सत्ताको छाया बनेको टिप्पणी पनि गरे।

‘प्रधानमन्त्रीलाई हिटलर बन्न खाजेको भनेर प्रश्न सोधेकै आधारमा संसद् सचिवालयले दुई पत्रकारको पास खोसेछ। संसद् निरन्तर सत्ताको छाया बन्दै गएको छ’, उनले भने, ‘याद गर्नुस्, हिटलर पनि चुनावबाटै आएका थिए। जतिबेला उनी सरकारमा गए लोकतान्त्रिक अधिकार कटौती गरेर निरंकुश बने। आज सरकार पनि त्यही बाटोमा छ। अब मेरो पनि प्रश्न–तपाईँ हिटलर बन्दै हो ?’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट