Techie IT
Samayabaddha
शुक्रबार, २८ कात्तिक, २०८२

बालेन साहको पुर्ख्यौली घरबाट अध्यक्ष प्रचण्डको सन्देश : सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं


महोत्तरी, २२ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ ।

स्वागत कार्यक्रम काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को पुर्ख्यौली घरमा आयोजना गरिएको थियो । उक्त भवन हाल गाउँपालिकाले प्रयोग गरिरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै नेपाली एकजुट भएर अधिकारको रक्षा गर्नुपर्ने र देश विकासमा हातेमालो गर्नुपर्ने बताएका छन् । ‘समाज परिवर्तन, समानता र समृद्धिका लागि हाम्रो सहकार्य अपरिहार्य छ,’ उनले भने ।

स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा विभिन्न दलका नेताहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा एकताबद्ध प्रयासमार्फत समृद्धि हासिल गर्ने विषयमा छलफल भएको थियो ।

गाउँपालिकाले कार्यक्रमलाई भव्य रूपमा आयोजना गर्दै पाहुनाहरूलाई स्थानीय परम्परागत शैलीमा स्वागत गरेको थियो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट