Techie IT
Samayabaddha
आईतबार, २८ मंसीर, २०८२

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो


काठमाडौं, २२ फागुन । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज (बिहीबार) देखि आइपीओ बिक्री खुला भएको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका निष्कासन गरेको आइपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशत २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

यसका साथै कम्पनीका कर्मचारीहरूका लागि ३ प्रतिशत अर्थात् ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई ५ प्रतिशत १ लाख १२ हजार ५०० कित्ता साधारण सेयर पनि बाँडफाँट गरिसकेको छ।

त्यस्तै, १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो । उक्त आइपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि चैत ७ गतेसम्म लम्बिनेछ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट