Techie IT
Samayabaddha
शुक्रबार, २६ असार, २०८३

राष्ट्रिय सभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश बहुमतले पारित


काठमाडौँ, २२ फागुन । राष्ट्रिय सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश’, २०८१ स्वीकृत भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो।अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव राष्ट्रिय सभाले बहुमतले पारित गरेको हो ।

यो अध्यादेश स्वीकृत भएसँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट