Techie IT
Samayabaddha
शुक्रबार, १९ असार, २०८३

प्रधानमन्त्री कप क्रिकेट खेल्न पृथु बास्कोटाको कप्तानीमा बागमती प्रदेशको टिम घोषणा


काठमाडौं, २३ फागुन । प्रधानमन्त्री कप क्रिकेट खेल्न बागमती प्रदेशले टिम घोषणा गरेको छ । छनोट चरणको खेल पूरा गरि बागमतीले पृथु बास्कोटाको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने टिम घोषणा गरेको हो ।टिममा पृथु बास्कोटा (कप्तान) चयन भएका छन् ।

अन्य खेलाडीहरुमा रिजन ढकाल, नन्दन यादव, प्रतिश जि।सी, सुर्य तामाङ, रित गौतम, सुमन सनार, गौतम केसी, विपिन आचार्य, सौरभ शहकर्मी, अशुतोष घिरौया, शुभ कंसाकर, इशान पाण्डे, सोनु देवकोटा, विवेक राना मगर छन् ।

वैकल्पिक खेलाडीमा साकार गजुरेल, आदिल खान, तिलक राज भण्डारी, प्रतिक श्रेष्ठ र उत्तम थापा मगर रहेका छन् ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट