Techie IT
Samayabaddha
सोमबार, २४ कात्तिक, २०८२

महोत्तरीमा श्रीमान्‌ले इँटा प्रहार गर्दा श्रीमतीको मृत्यु


महोत्तरी, २३ फागुन । महोत्तरीमा श्रीमान्‌ले इँटा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।

जिल्लाको बलवा नगरपालिका ५ मनसिस्वामा श्रीमान्‌ले इँटा प्रहार गर्दा श्रीमतीको मृत्य भएको प्रहरीले जनाएको छ। महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले शुक्रबार बिहान इँटा प्रहारबाट २४ वर्षीया सुधिरा देवीको मृत्यु भएको जानकारी दिए।

औरही नगरपालिका ७ भोइल घर भई ससुराली घर मनसिस्वा गएका ३२ वर्षीय सत्य नारायण यादवले श्रीमतीमाथि इँटा प्रहार गरेका थिए। श्रीमती भेट्न आएका यादवले वादविवाद हुँदा आवेशमा इँटा प्रहार गरेको बुझिएको प्रवक्ता जयसवारले बताए।

आरोपी श्रीमान् प्रहरी नियन्त्रणमा रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट