Techie IT
Samayabaddha
शनिबार, २६ पुस, २०८२

भेटाएको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेपछि…


जनकपुरधाम, २३ फागुन । भेटाएको नागरिकतामा आफ्नो तस्बिर प्रयोग गरी ठगी गरिरहेको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका १२ घर भई हाल राजविराज ५ मा बस्ने २० वर्षीय अरुण कुमार यादव र राजविराज ५ बस्ने २८ वर्षीय अभिषेक यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीले अरुणलाई राजविराज ७ स्थित गत आइतबार बेलुका ४ बजे र अभिषेकलाई राजविराज ५ स्थित बेलुका ५ बजे नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार २०८० साल असार महिनामा पीडितको नागरिकताको प्रमाणपत्र हराएकोमा फेला पारेका आरोपितहरुमध्ये अरुणले आफ्नो फोटो टाँसेर विराटनगरस्थित रहेको सिटिजन्स बैँकमा खाता खोली अन्य व्यक्तिहरुबाट लाखौँ ठगी गरिरहेको जाहेरी परेपछि दुवै जनालाई पक्राउ गरिएको हो ।

जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट