Techie IT
Samayabaddha
शुक्रबार, २६ असार, २०८३

श्रम मन्त्रालय घूस संकलन गर्ने अड्डा बन्यो : सांसद अर्याल


काठमाडौं, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस संकलन गर्ने अड्डा बनेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वश्रममन्त्रीसमेत रहेका अर्यालले मन्त्रालय अन्तर्गतको ताहाचल श्रम कार्यालयमा प्रतिदिन ७५ लाख घूस संकलन हुने गरेको दाबी गरेका हुन्।

‘हामीसँग श्रम मन्त्रालय छ, मन्त्रालयको उद्देश्य र काम भनेको रोजगार सिर्जना र युवालाई देशमा बस्ने वातावरण बन्नुपर्ने हो। तर मन्त्रालयलाई कहिले मेनपावर व्यवसायीले चलाएको आरोप छ।’ उनले भने, ‘श्रम मन्त्रालय घूसको अड्डा बनेको छ यत्रतत्र सर्वत्र बजारमा जानकारी छ। प्रतिदिन ताहाचल कार्यालयमा ७५ लाख घूस असुली भइरहेको कुरा डिजी र मन्त्रीलाई समेत विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि मन्त्रालय र मन्त्री बेखबर हुनु जस्तै भनेको मन्त्रालय घुसको अखडा बनेको छ। सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट