Techie IT
Samayabaddha
सोमबार, २४ कात्तिक, २०८२

गण्डकीकापूर्वमन्त्री दीपक मनाङेलाई २० प्रतिशत सजाय छुट


काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) ज्यान मार्ने उद्योग मुद्दाको कैद सजायमा २० प्रतिशत सजाय छुट भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेलाई २० प्रतिशत छुट दिएको हो ।

उनले माघ २९ गते साविक मुलुकी ऐनको दण्ड सजायको ४१ क नं। बमोजिम सुविधा पाऊँ भनी निवेदन दिएका थिए । मनाङे कातिकमा राजधानीको सानोभर्याङबाट पक्राउ परेका थिए ।

मनाङले मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ ९क० अन्तर्गत २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए। उक्त व्यवस्थाअनुसार अन्तिम फैसला भएको ६० दिनभित्र अदालतसमक्ष आत्मसमर्पण गरेमा २० प्रतिशत कैद तथा जरिवाना छुटको प्रावधान रहेको छ।

सजाय छुटपश्चात अब मनाङेले १ वर्ष ४ महिना कैद भुक्तान गर्नुपर्नेछ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट