Techie IT
Samayabaddha
सोमबार, २४ कात्तिक, २०८२

वर्षा गराउने नयाँ प्रणाली भित्रिँदै, चैत १ गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको जोखिम


काठमाडौं । भोलि वर्षा र हिमपात गराउने नयाँ प्रणाली भित्रिने मौसमविद्हरूले अनुमान गरेका छन् । देशको पश्चिमी भेगबाट भित्रिने प्रणालीले सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भू–भागसम्म बदली गराउने सम्भावना रहेको मौसमविद् धर्मराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात गराउने तथा बाँकी भू–भागको पनि केही ठाउँमा वर्षासहित हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । चैत १ गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको समेत सम्भावना रहेकोले सचेत रहन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले पनि भोलि वर्षा गराउने प्रणाली भित्रने र पश्चिमी क्षेत्रमा वर्षा गराउने बताए । तर प्रणाली धेरै बलियो भने छैन । देशमा अब प्रि–मनसुनका गतिविधि बढ्दै जाने जाँदा स्थानीय वायुको प्रभाव बढ्ने र दिउँसोतिर बादल विकसित भएर हावाहुरी, चट्याङ, वर्षाको सम्भावना रहने उनले बताए ।

हिजो बेलुका काठमाडौं उपत्यकामा छिटपुट वर्षा भयो भने इलाम, झापा, खोटाङ, सोलुखुम्बु, दोलखालगायतका जिल्लामा वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ ।

आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १र२ ठाउँमा हल्का हिमपात तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका १/२ ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट