सुरक्षा निकायको उच्च निगरानीमा काठमाडौं !

काठमाडौं । राजावादी दल राप्रपा र विभिन्न समूहले पोखराबाट काठमाडौं आउने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने तयारी गरिरहँदा राजधानीकौ सुरक्षा सतर्कता बढाइएको सम्बद्ध नियकाले जनाएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाह एक महिना लामो बसाई र विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएर आज आइतवार काठमाडौं फर्किन लागेका हुन् ।
राजावादीहरुले केही दिनदेखि राजधानी लगायत देशका विभिन्न भू-भागमा प्रदर्शन गर्दै आइरहेका थिए । गत शुक्रकार राजा पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि प्रदर्शन गरेका थिए। ‘जनताको नासो फिर्ता चाहियो’ भन्दै राजाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत माग गरेका थिए ।
गत फागुन ७ गते ७५ औं प्रजातन्त्र दिवसमा पूर्व राजा ज्ञानेन्द्रले एउटा विज्ञप्ति जारी गर्दै गणतन्त्रवादी नेताहरुका कारण देशको इतिहास मेटिँदै गएको र नेपालको अस्तित्व नासिँदै गएको भन्दै आफूलाई साथ दिन घुमाउरो ढंगबाट आह्वान गरेका थिए । यसपछि राजावादीहरु थप हौसिएका छन् ।
सेरोफेरोमा राजधानीमा कुनै अप्रिय घटना हुन नदिने हिसाबले सुरक्षा व्यवस्था कडा पारिएको काठमाडौंको जिल्ला प्रशासन कार्यालय जनाएके छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले कार्यक्रमलाई ध्यानमा राखी सोहीअनुसार सुरक्षा व्यवस्थापन गरिएको बताए ।
जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएर जनपद, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । गृहमन्त्री रमेश लैखक भने सुदुरपश्चिमको भ्रमणमा रहेको उनको निजी सचिवालयले जनाएको छ ।
पूर्व राजाके स्वागतमा आयोजकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट गौशाला, चावहिल, सुकेधारा, महाराजगञ्ज हुँदै निर्मल निवाससम्म ¥याली गर्ने आयोजकले बताएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि दिउँसो १ बजेदेखि आफूहरू भेला हुन थाल्ने बताएका छन् । बाजागाजा, सांस्कृतिक झाँकीसहित विमानस्थलको गेटसम्म पुग्ने प्रवक्ता शाहले जानकारी दिए ।
बलिवूड अभिनेत्री मनिषा कोइरालाले पनि स्वागत कार्यक्रममा सहभागी हुन सबैमा अपिल गरेकी छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको समूह पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ । प्रसाईले आइतवारको कार्यक्रमलाई सफल बनाउन आफ्ना समर्थकहरूलाई अपिल समेत गरेका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया