Techie IT
Samayabaddha
शुक्रबार, २ जेठ, २०८२

शिक्षकका समस्या संवाद र वार्ताको माध्यमबाट समाधान गरौँ : सांसद मिश्र


काठमाडौं, २५ फागुन । राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्। आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शिक्षकहरुलाई लामो समय सडकमा छोड्नु उचित नहुने भन्दै उनीहरुका माग पूरा गर्न सरकार सक्रिय हुनुपर्ने बताए । उनले तत्कालीन समस्या समाधान गर्न सहमति गर्ने तर ऐन र नियममा नसमेट्ने सरकारको प्रवृत्तिका कारण शिक्षकहरु आन्दोलनमा उत्रिने गरेको बताए ।

सदस्य मिश्रले भने, ‘‘देशभरका शिक्षकहरु आन्दोलनमा छन् । संवादको माध्यमबाट उनीहरुको समस्यालाई समाधान गरौं । धेरै दिन शिक्षकलाई सडकमा नै छोड्नु उचित होइन । तत्कालिन समस्या समाधान गर्न सहमति गर्ने पछि ति सहमतिहरुलाई ऐन नियममा नसमेट्ने गर्दा विश्वसनीयता देखिँदैन ।’’

उनले फरक प्रसंगमा महिलाहरुको हक र अधिकारका लागि बोल्ने पुरुषको समेत दायित्व भएको बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट