Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु


दिपायल, २५ फागुन । डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका– ७ बैरकोटका दल बहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ।

माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घटनास्थलमै बलायरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सुूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । मृतक बलायर आइतबार बिहान घर लिपपोत गर्ने माटो खन्न रानीवनमा गएकी थिइन् ।

स्थानीयका अनुसार माटोको ढिस्कोले पुरिँएकी मृतक बलायरको ४ घण्टाको प्रयासपछि शव बाहिर निकालिएको थियो । डोटीमा माटोको ढिस्कोमा पुरिएर वर्षेनी महिलाहरुले ज्यान गुमाउने गरेका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट