Techie IT
Samayabaddha
शुक्रबार, २६ असार, २०८३

योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीको निर्देशनमा विष्णु रिमालले राख्न लगाएको ज्ञानेन्द्र शाहीको आरोप


काठमाडौं, २६ फागुन । हिजो आइबार भएको राजावादीको प्रदर्शनमा योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखिएको आरोप राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले लगाएका छन्।

सोमबार समाजिक सञ्जालमार्फत उनले उक्त फोटो एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‌ओलीको निर्देशनमा सल्लाहकार विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका हुन्।

‘फोटो कतै मिडियामा आउन पाको छैन, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले पहिले फेसबुकमा कसरी राखे ? आन्दोलन कहाँ छ भन्ने कुरा कसरी थाहा भयो ?,’ शाहीले भने, ‘यो सबै उनीहरूको डिजाइन हो। आफैं लगाएर खिचे अनि राखे।’

साथै, उनले विदेशी एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न त्यस्तो कुकर्म गरिएको भन्दै सोको विरोधसमेत गरेका छन्।

‘नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि,’ उनी थप्छन्, ‘विदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? मार्क्स, लेलिन, माओ कुन देशका हुन् ?’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट