Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

व्यवस्थाको सुदृढीकरणका लागि संविधानका पक्षधरहरुबीच समझदारी हुन आवश्यक : गगन थापा


काठमाडौँ, २७ फागुन ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको खण्डन गर्दै संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा माओवादी केन्द्र नै सरकारमा रहेकाले यसको मुख्य जिम्मेवार माओवादी भएको प्रत्यारोप गरेका छन्।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा महामन्त्री थापाले जनताको आक्रोशलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताएका छन्।

‘जनता असन्तुष्ट छन्। असन्तुष्ट भएका जनतामा आक्रोश छ। आक्रोशलाई नजरअन्दाज गर्नुहुँदैन भन्ने कुरा म पनि मान्दछु। केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार कसैले पनि राख्नुहुँदैन‚’ उनले भने, ‘जसले व्यवस्था परिवर्तनको लागि हामीलाई साथ दियो। जो आज हामीसँग असन्तुष्ट छ, जो रिसाएको छ‚ उनीहरुसँग संवाद गर्नुपर्छ भन्ने ठान्दछु तर वर्तमान सरकार आएसँगै उनीहरु रिसाएका हुन् भन्ने कुरामा चाहीँ कतै पनि चित्त बुझाउने ठाउँ छैन।’

उनले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने उल्लेख गरे। उनले व्यवस्थाको सुदृढीकरणका लागि संविधानका पक्षधरहरुबीच समझदारी हुन आवश्यक रहेको समेत बताए


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट