Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

तोसिमा कार्कीले जितिन् मुद्दा, सांसद पद जोगियो


काठमाडौं, २७ फागुन । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीको उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय बदर गरिदिएको छ । मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको रिटलाई जारी गरिदिएको हो ।

निर्वाचन आयोगले ०७९ कात्तिक १२ मा नेपाल मेडिकल काउन्सिलको सदस्य रहँदा कार्कीले २०७९ वैशाख ९ देखि मिति २०७९ भदौ २ गतेसम्म भ्रमण भत्तास्वरूप एकलाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएको पाइएको कारण देखाएर उनको उमेदवारी खारेज गर्ने निर्णय गरेको थियो । कार्कीलाई सार्वजनिक पद धारण गरेको व्यक्ति ठहराउँदै आयोगले प्रतिनिधिसभा सदस्यको उमेदवार अयोग्य रहेको निष्कर्ष निकालेको थियो ।

आयोगको निर्णयविरुद्ध ०७० कात्तिक १४ मा उनी सर्वोच्च पुगेकी थिइन् । उनको रिटमा न्यायाधीश कुमार चुडालको एकल इजलासले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिदिएका थिए ।

सर्वोच्चको अन्तरिम आदेशपछि उनको उमेदवारीले निरन्तरता पाएको थियो । रास्वपाबाट चुनाव लडेकी कार्की ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट