Techie IT
Samayabaddha
शुक्रबार, २६ असार, २०८३

सुरु हुनासाथ स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनःसुरु


काठमाडौँ, २८ फागुन । सरकारका एक जना पनि प्रतिनिधि नहुँदा सुरु हुनासाथ स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनःसुरु भएको छ। बिहान साढे ११ बजे सुरु हुनासाथ बैठक स्थगित भएको थियो।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारका प्रतिनिधि बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले नियमावलीमा भएको व्यवस्थाअनुरुप सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

हाल बैठक जारी रहेको छ। आजको प्रतिनिसभा बैठकमा विधेयकहरू प्रस्तुत गर्ने कार्यतालिका छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट