Techie IT
Samayabaddha
बिहीबार, ७ जेठ, २०८३

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा कर्मचारीको धर्ना


धनगढी, २८ फागुन । सुदूरपश्चिम प्रदेशमा कार्यरत लेखा समूहका अधिकृत स्तरका कर्मचारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिएका छन्।

लेखा समूहको नवौं तह पद् बढुवाको विज्ञापन खोल्नु पर्ने माग गर्दै उनीहरूले धर्ना दिएका हुन्। प्रदेश लोकसेवा आयोगले गत फागुन गते प्रशासन समूहको नवौं तह बढुवाको विज्ञापन निकालेको थियो।

प्रशासनतर्फको मात्रै विज्ञापन खोलेपछि आफूहरू अन्यायमा परेको लेखा समूहको ठहर छ। उनीहरूले प्रदेश निजामती सेवाको नवौं तहमा प्रशासन सेवाका समूह हटाउन माग गरेका छन्।

यसैगरी, लेखा समूहको ओएन्डएम गर्न माग गरिएको छ। प्रदेश लोकसेवा आयोगले फागुन २० गते खोलेको प्रशासन सेवाको विज्ञापन स्थगित गरी सबै समूहलाई समेटेर पुनः एकमुष्ट विज्ञापन गर्न आन्दोलनरत कर्मचारीको माग छ। एक र दुई नम्बरको विकल्पहरु पूरा गर्न नसकिए यस प्रदेशमा समायोजित लेखा अधिकृतहरूलाई सङ्घमा फिर्ता पठाउन माग गरिएको छ। सुदूरपश्चिममा लेखा समूहतर्फ अधिकृत स्तरका २५ जना कर्मचारी कार्यरत रहेका जनाइएको छ।

तीन बुँदे माग राख्दै एक हप्तादेखि लेखा समूहका कर्मचारीको सङ्घर्ष जारी रहेको छ। आन्दोलनरत लेखा समूहका कर्मचारीले प्रदेश लेखा नियन्त्रक कार्यालयसहित नौवटै जिल्ला कार्यबाट भुक्तानी ठप्प गरेका छन्।

प्रदेश लेखा नियन्त्रकको कार्यालयमा एक हप्तादेखि भुक्तानी ठप्प रहेको सो कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले बताए ।


क्याटेगोरी : प्रदेश खबर, समाचार

प्रतिक्रिया


ताजा अपडेट