Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

भारतीय गजलकार गुलाम अली काठमाडौंमा


काठमाडौं, १ चैत । सांगीतिक प्रस्तुति दिनका लागि भारतीय गजलकार गुलाम अली काठमाडौं आइपुगेका छन् ।

भोलि शनिबार ललितपुरको पुल्चोकमा आयोजना हुने ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उनले प्रस्तुति दिने छन् ।

११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए।

आयोजक संस्थाका प्रमुख मिलन मोक्तानका अनुसार अलीले करिब तीन घण्टा आफ्ना लोकप्रिय गजल गाएर प्रस्तुति दिने कार्यक्रम छ। गजलकार अलीको मागअनुसार नै नेपालमा कार्यक्रम गर्न लागिएको उनले बताए ।


क्याटेगोरी : समाचार, साहित्य

प्रतिक्रिया


ताजा अपडेट