Techie IT
Samayabaddha
मंगलबार, १३ असोज, २०८३

देउवाद्वारा शोक व्यक्त


काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका कोषाध्यक्ष एवं पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठकी ८९ वर्षीया आमा लीलादेवी श्रेष्ठको निधन भएकामा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।

सभापति देउवाले शोक विज्ञप्ति निकालेर स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका हुन्।

उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो । उनको शनिबार अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट