Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुल्यो, एमाले भन्दा कांग्रेससँग बढी छलफल हुन्छ : राजन दाहाल


काठमाडौं, ३ चेत । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन् ।

आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडकभन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका हुन् ।

यसका निम्ति प्रारम्भिक छलफलसमेत सुरु भइसकेको उनले दाबी गरे । दाहालले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमाले भन्दा कांग्रेससँग बढी छलफल हुने जिकिर गरे ।

सांसद दाहालले अबको सहकार्य गणतन्त्रविरोधीसँग नहुने र गणतन्त्र पक्षधर एक ठाउँमा उभिएर सहकार्य हुने धारणा राखे । उनले वर्तमान सरकारका कारण निराशा पैदा भएकाले प्रतिगामीलाई फाइदा पुगेको जिकिर गरे ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट