Techie IT
Samayabaddha
शुक्रबार, १२ भदौ, २०८३

अनेरास्ववियुले कान्तिपुर इन्जिनियरिङ कलेजमा ताला लगायो, चुनावी प्रकृया रोकियो


काठमाडौं, ५ चैत । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कान्तिपुर इन्जिनियरिङ कलेजमा ताला लगाएको छ। अनेरास्ववियुले स्ववियु चुनावको उम्मेदवार मनोनयन गर्ने समयमा ढिला गरी मनोनयन गरेको भन्दै ताला लगाएपछि अहिले चुनावी प्रक्रिया रोकिएको छ।

चुनावी प्रकृया रोकिएपछि यता माओवादीनिकट अखिल क्रान्तिकारीले भने छिटो चुनावी प्रक्रिया अगाडि बढाउन माग गरेको छ।

अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘विद्यार्थीहरूको मताधिकार खोस्ने कदमप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,कलेज प्रशासनलाई स्थगित गरिएको निर्वाचन प्रक्रिया तत्काल सुचारु गर्न हामी आग्रह गर्दछौँ, अन्यथा, बाध्य भएर सशक्त विरोधका कार्यक्रम अघि बढाउनेछौँ।’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट