Techie IT
Samayabaddha
बिहीबार, १ जेठ, २०८२

कांग्रेस नेता एवम् खेलकुदमन्त्री तेजुलाल चौधरीलाई पार्टी केन्द्रीय कार्यालयमै कालो झण्डा


काठमाडौँ, ७ चैत । कांग्रेस नेता तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पार्टी कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

कार्यकर्ताहरूले मन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै उनको राजीनामाको मागसमेत गरेका छन् । कांग्रेस कार्यकर्ताहरूले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कालो झण्डा देखाएका हुन् ।

अदालतको आदेश तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अवज्ञा गर्दै भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी हुने खेल संघका पदाधिकारीले मन्त्री चौधरीलाई झण्डा देखाएका हुन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट