Techie IT
Samayabaddha
आईतबार, ११ असोज, २०८३

सेयर बजारमा ५३ अंकको गिरावट


काठमाडौं, १० चैत । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ५३.०४ अंकले बढेर २६१६.२६ विन्दुमा अडिएको हो। सेन्सेटिभ इण्डेक्स १.८० प्रतिशतले घटेर ४३९.६२ विन्दुमा पुगेको छ।

यसदिन ३१७ स्क्रिप्सको १ करोड २३ लाख ७१ हजार २८० कित्ता सेयर ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३६५ रुपैयाँमा खरिदबिक्री भए। उच्च अंकले सेयर बजार घट्दा आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर ८.७२ प्रतिशतले बढ्यो।

मिथिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले भने आज सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरे‍न्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४२ करोड ६ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ३८ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको ३४ करोड,युनाइटेड मोदी हाइड्रोपावरको २० करोड र सिन्धु विकास बैंकको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १३ स्टक्सको मूल्य बढ्दा २३० वटाको घट्यो। यसदिन सबै समूहको उपसूचक भने नकारात्मक देखिएका छन्।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट