Techie IT
Samayabaddha
शनिबार, २१ चैत्र, २०८२

इलामको माई नगरपालिका–४मा १३ वर्षीया बालिका बलात्कार प्रकरणमा चार जना पक्राउ


इलाम, ११ चैत । इलामको माई नगरपालिका–४ मा १३ वर्षीया बालिका बलात्कार प्रकरणमा चार जना पक्राउ परेका छन्।

बलात्कारको घटना सार्वजनिक हुन र पीडितलाई अदालत जान रोक्ने उद्देश्यले पैसा दिएर मिलाउन खोज्ने पीडकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बलात्कारमा संलग्न इलाम माई नगरपालिका–२ बस्ने २४ वर्षीय केशव गिरी, उनका ५८ वर्षीय बुबा केदारनाथ गिरी, ४३ वर्षीय काका नारायण गिरी र छिमेकी ३८ वर्षीय तुलाधर अर्याल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी जिल्ला अनुसन्धान सुरु गरिएको प्रहरीले प्रहरीले जनाएको छ।

चिया बगानमा गिरीले चैत ६ गते १३ वर्षीया बालिकालाई प्रलोभनमा पार्नुका साथै डर, धाक देखाएर बलात्कर गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली खटिएर खोजतलास गर्दा पीडक फरार भएका थिए।

त्यही बेला छिमेकी अर्यालले पीडित पक्षलाई बोलाई तीन लाख रुपैयाँ दिएको खुलेको छ। प्रहरीले उक्त रकम पीडितकी आमाबाट बरामद गरेको छ। आफूलाई प्रभाव र दबाबमा पारी घटना मिलाउन खोजेको भन्दै पीडितकी आमाले चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।


क्याटेगोरी : जनमञ्च, पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट