Techie IT
Samayabaddha
बिहीबार, १ जेठ, २०८२

प्रेस चौतारीमा अध्यक्षका प्रत्यासी राजेश राईले उम्मेदवारको फारम नै पाएनन्

‘हामीलाई उम्मेदवारको फारम नै दिएनन् । मनोनयन गर्नै पाइएन । यो भन्दा निरङ्कुशता अरू के हुन्छ ?’ राईले भने


विराटनगर, ११ चैत । विराटनगरमा जारी नेकपा एमाले निकटका पत्रकारहरुको संगठन प्रेस चौतारीको १० औँ महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेदवारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको छ ।

निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले आज दिउँसो मतदानको समय नदिई जारी गरेको निर्वाचन सम्बन्धी सूचना जारी गरेको थियो । त्यही समय अनुसार दिउँसो २ः ४५ बजे उम्मेदवारी दर्ताको समय दिइएको थियो । सो समयमा उम्मेदवारी दर्ता गर्न पुगेका राजेश राईलगायतको टिमलाई उम्मेदवारको फारम नै निर्वाचन आयोगले नदिएको हो ।

निर्वाचन आयोगलाई एमालेका जनवर्गीय सङ्गठनहरूको संयोजक भानुभक्त ढकाल र प्रेस चौतारीका इन्चार्ज समेत रहेका नेता राजेन्द्र गौतमले हस्ताक्षर गरेर दिएको लिस्टका उम्मेदवारलाई मात्रै मनोनयन फारम दिएको हो ।

अध्यक्षमा दाबी गरिरहेको राजेश राई पक्षले भने निर्वाचनको माग गरेको थियो । निवर्तमान उपाध्यक्ष गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीसहितको टिमलाई निर्विरोध बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले ठाडो निर्देशन दिएको बताइन्छ ।

‘हामीलाई उम्मेदवारको फारम नै दिएनन् । मनोनयन गर्नै पाइएन । यो भन्दा निरङ्कुशता अरू के हुन्छ ?’ राईले भने । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे, उम्मेदवारी फिर्ता लिने समय ४ः १५ बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय ४ः२० बजेका लागि तोकेको छ । त्यसपछि मतदानको कार्यक्रम नराखी निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणाको समय साढे ४ बजेका लागि तोकेको छ ।

अध्यक्षमा दाबी गरिरहेको राजेश राई पक्षले भने निर्वाचनको माग गरेको थियो । निवर्तमान उपाध्यक्ष गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीसहितको टिमलाई निर्विरोध बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले ठाडो निर्देशन दिएको बताइन्छ ।

देशभरबाट आएका प्रतिनिधिहरुले अहिले नाराबाजी गरिरहेका छन् ।

एमाले नेताहरुले अध्ययक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डेलाई घोषणा गर्ने तयारी गरिरहेका छन्।

ओलीको सोही निर्देशन अनुसार आइतबार अध्यक्षमा दाबी गरिरहेका उपाध्यक्ष राजेश राईलाई बोलाएर महासचिव पोखरेलले अध्यक्षको दाबी छाडेर पार्टी निर्णय मान्न निर्देशन दिएका थिए।

प्रेस चौतारीको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक, अध्यक्षमा उम्मेदवारी दिन ३५ हजार रुपैयाँ !

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट