Techie IT
Samayabaddha
आईतबार, २१ असार, २०८३

माल्दिभ्स पठाइदिन्छु भन्दै ठगी गर्ने रामेछापका हरि बहादुर रूचाल पक्राउ


काठमाडौं, १२ चैत वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका ५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका ५ घर भएका ५१ वर्षीय हरि बहादुर रूचाललाई प्रहरीले पक्राउ गरेको छ ।

हरि बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख २४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट