Techie IT
Samayabaddha
आईतबार, १४ भदौ, २०८३

कुलमानलाई बर्खास्त गरेको बिरोधमा प्रर्दशन


काठमाडौं, १४ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले गरेको बर्खास्तीविरुद्ध आज पनि प्रदर्शन भएको छ।

माइतीघर मण्डलामा भएको प्रदर्शनमा उनीहरूले ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’ भन्दै प्रदर्शन गरेका हुन्। ‘मन्त्रिपरिषद्‌को निरंकुश र भ्रष्ट निर्णय खारेज गर्’, आदिजस्ता नारा उनीहरूले लगाएका छन्।

सरकारले कुलमानलाई बर्खास्ती गरेसँगै सदन र सडक दुवै क्षेत्रबाट सरकारको विरोध भइरहेको छ।

कुलमानले आफूलाई बर्खास्त गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट