हितेन्द्रदेव शाक्यको रिट निवेदन सर्वोच्चमा दर्ता
काठमाडौं, १४ चैत । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति भएका हितेन्द्रदेव शाक्यको रिट निवेदन सर्वोच्चमा दर्ता भएको छ।
बिहीबार उनले दिएको रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। उनका अनुसार रिटको पेसी शुक्रबारका लागि तोकिएको छ।
शाक्यले ११ पृष्ठको ११ बुँदे निवेदनपत्रमा आफ्नो सेवाको सर्त अन्तर्गत मन्त्रिपरिषद्ले निर्धारण गरेको ४ वर्षको पदावधिलाई सम्झौताको दफा ३.१ मा २०७७ माघ २९ देखि ०८१ माघ २८ सम्म कायम गरेको भन्दै त्यसको न्याय निरूपण नगरी अरू थप प्रक्रिया अघि नबढाउन माग गरेका हुन्।
उनले आफू कार्यकारी निर्देशक पदमा नियुक्त भएकाले चार वर्षको पारिश्रमिक तथा सुविधा उपलब्ध गर्नुपर्ने माग गरेका छन् ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया