Techie IT
Samayabaddha
आईतबार, ११ असोज, २०८३

काठमाडौंका सडकमा सेना परिचालन


काठमाडौँ, १५ चैत । काठमाडौँको तीनकुने क्षेत्रमा तनाव भएपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीका अनुसार सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सेना सडकमा खटाइएको हो । उनले सेना परिचालन नभएर सुरक्षार्थ खटाइएको प्रष्ट पारे।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार दिउँसोबाट निषेधाज्ञा (कर्फ्यू) जारी गरेपछि सेनाको टोली परिचालन गरिएको हो। सेनाको बख्तरबन्दसहितको टोली तीनकुनेसहितका क्षेत्रमा पुगेको छ । काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेपछि सुरक्षाका लागि सेना खटिएको छ ।

निषेधाज्ञा अवधिभर आवत-जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म निषेधाज्ञा जारी गरिएको छ।


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट